राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले महिलालाई अलग्गै बस सुविधा दिएर विभेद गर्न खोजेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले महिलालाई दया नभइ सम्मान चाहिएको भन्दै महिलाहरू सबैखाले यातायातमा निडरका साथ यात्रा गर्न सक्षम रहेको बताउनुभयो ।
कर्णाली नदीमा बेपत्ता भएको यात्रुबहाक गाडीमा सवार यात्रुबारे सरकार बेखबर रहेको भन्दै सांसदहरुले तत्काल दुर्घटनाग्रस्त गाडीको खोज उद्धारमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तरगत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको शिक्षा तथा खेलकुद, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिलालगायत मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्