तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जगदुल्ला गाउँपालिका–४, मा पर्ने मौरेलेखमा भएको जिप दुर्घटनामा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८, का ३८ वर्षीय बिष्णु बुढाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत जनाएको छ । 

प्रहरीका अनुसार जिपमा सवार अन्य १३ जना घाइते भएका छन् । ती मध्य ४ जना गम्भीर घाइतेलाई उपचारका लागि लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डिएसपी) अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे समयमा क.प्र.००१ ज ००५२ बलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेर छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button