तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारको बजेट सर्व सहमतिले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्व सहमतिले पारित भएको छ । कर्णाली प्रदेश सभाको शुक्रबार बसेको आठौँ अधिवेशनको २० औँ बैठकले बजेट सर्व सहमतिले पारित गरेको हो । 

बैठकमा प्रदेश सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहलाई प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमावलीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित आगामी आव २०८३/०८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो । 

मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्नुभयो । सभामुखले सभाका सदस्यहरूको ध्वनि मतका आधारमा आर्थिक वर्ष २०८३/०८४ बजेट सर्व सहमतिले पारित भएको घोषणा गर्नु भयो । अब सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो ३ः०० बजे बस्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button