बैतडीमा बस दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडी । बैतडीमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा आज दिउँसो करिब ३ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ।
दुर्घटनामा १७ जना यात्रु घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्