तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा अध्यक्ष दाहालको जोड 

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा अध्यक्ष दाहालको जोड दिनुभएको छ ।

६८ औँ संसद् दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संघीय संसद जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु आजको अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो । 

अध्यक्ष दाहालले संसद्को वर्तमान कार्यशैलीप्रति समीक्षा गर्नुपर्ने भन्दै संसदबाट समयमा नै आवश्यक ऐन–कानुन निर्माण हुन सकेको छ की छैन भन्ने कुरामा आफैँप्रति निर्मम भएर प्रश्न सोध्नुपर्ने बताउनुभयो ।

उहाँले कानुन निर्माण, कार्यपालिकामाथिको निगरानी, बजेट तथा सार्वजनिक नीतिको समीक्षा, जनचासोका विषयहरूको प्रतिनिधित्व र उत्तरदायित्व सुनिश्चित गर्नु संसदको मूल दायित्व भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान केही आधारभूत सिद्धान्त बाहेक समय, समाज र जनआकाङ्क्षाको परिवर्तनसँगै एक जीवित दस्ताबेजका रूपमा निरन्तर परिमार्जन र परिष्कारको विषय बन्नुपर्ने भएपनि संशोधनको उद्देश्य विगतका उपलब्धिहरूबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button