तपाईँ सुन्दै हुनुहुन्छः

कुप्रथाको अन्त्यका लागि थप जनचेतनामूलक कार्यक्रम जरुरी : उपसभामुख ठाकुर

जनकपुरधाम । प्रतिनिधिसभाका उपसभामुख रबीकुमारी ठाकुरले सामाजिक कलङ्कको रुपमा रहेको बोक्सी कुप्रथा अन्त्यका लागि व्यापक मात्रामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

जनकपुरधाममा राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा ‘मान्छे कहिल्यै बोक्सी हुँदैन’ भन्ने जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शन कार्यक्रममा उहाँले बोक्सीका नाममा हुने अमानवीय दुर्व्यवहार तथा अन्य प्रकारको कु–प्रथालाई जरैबाट उखेल्न तीनै तहका सरकारबाट थप जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो ।

उपसभामुख ठाकुरले मधेश प्रदेशमा रहेका सामाजिक कु–प्रथा उन्मूलनका लागि अपनाउनुपर्ने विधिका विषयमा आफूले सघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले कानूनी रुपमा बोक्सीको आरोप लगाउने तथा प्रताडना दिने माथि कडा कानूनी कार्यवाही गर्ने व्यवस्था रहेको बताउनुभयो ।  प्रतिष्ठानका अध्यक्ष तथा अभियन्ता कोविद शरण उपाध्यायका अनुसार विगत दुई वर्षमा मधेश प्रदेशका रौतहट, धनुषा, महोत्तरी र पर्सा विभिन्न घटनाहरू भएको प्रहरीको तथ्याङ्क भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button