मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवअधिकारको संरक्षणमा समस्या भएको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘मानवअधिकार शोध–संवाहक’ पूर्वीय चिन्तन र मानवअधिकार विशेषाङ्कको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवअधिकार संरक्षणमा कठिनाइ भएको बताउनुभयो ।
“अझै पनि समाजमा कुसंस्कार छ, जनप्रतिनिधिले नै घरभित्र बसेर खान नपाएको अवस्थाका घटनाहरू आइरहेका छन्”, आयोगका अध्यक्ष मगरले भन्नुभयो, “यस्ता कुसंस्कारलाई समाजबाट हटाउनुपर्छ ”, उहाँले जातीय विभेद धेरै हटेर गइरहेको सुनाउँदै भन्नुभयो, “अहिले धोती फेरेर खाना खाने, सुनपानी छर्किने कुरा पनि छाडिसक्यौँ, समाज परिवर्तन हुँदै गएको छ ।”
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले मानव अधिकारको क्षेत्रमा काम गर्न खोज्ने, अनुसन्धानकर्ता, भावी दिनमा पनि कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो ।
पूर्वीय चिन्तन र मानव अधिकार विशेषाङ्कमा ११ वटा लेख रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्