‘वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्थामा थप स्पष्टता आवश्यक’
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभा समक्ष प्रस्तुत गर्नुभएको छ ।

प्रस्ताव माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरणसम्बन्धी व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको बताउनुभयो ।
सांसदहरूले राजनीतिक आवश्यकता पूरा गर्न सक्ने गरी मन्त्रिपरिषद्लाई संसद्को अधिकार हस्तान्तरण गर्ने व्यवस्था पुनः ल्याइएको भन्दै यस विषयमा सैद्धान्तिक रूपमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरूले बजेटले मध्यम वर्ग र गरिब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको तथा बढ्दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गनुपर्नेमा समेत जोड दिनुभयो ।
राष्ट्रिय सभाको बैठक जारी छ ।








प्रतिक्रिया राख्नुहोस्