पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि नेपालगञ्ज लगियो
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सोमबार साँझ सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा वीरेन्द्रनगरस्थित शुभ होटलबाट उहाँलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ।
पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलमै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्