खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित
मुगु । लामो समयदेखि वर्षा नहुँदा खेतबारीमा लगाइएका बाली सुक्न थालेपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्। पानीको अभावले धान, कोदो, भट्ट, काउनी लगायतका अन्नबालीहरू खेतमै सुक्न थालेपछि उत्पादन घट्ने चिन्ता बढेको हो।

छायानाथ रारा–१ की कृषक झुप्री नेपालीका अनुसार पानी नपर्दा बाली राम्रोसँग बढ्न सकेको छैन र खेतमै सुक्न थालेको छ। उनले भनिन्, “लामो समय पानी नपरेपछि धान, कोदो, भट्ट, काउनी सबै बाली पहेँलिँदै सुक्न थालेका छन्।”
त्यसैगरी छायानाथ रारा नगरपालिका–१ कै अर्की कृषक नन्ददेवी मल्लले पनि खडेरीका कारण अन्नबालीमा ठूलो क्षति पुगेको बताइन्। उनका अनुसार मुख्य बालीहरू सुक्न थालेपछि यस वर्ष खाद्य सङ्कटको डर बढेको छ।
हरेक वर्ष आकासे पानीको भरमा खेतीपाती गर्दै आएका मुगु लगायत कर्णालीका कृषकहरूलाई यस वर्ष भने समयमा नै पानी नपर्दा खेतगडाहरू सुख्खा देखिएका छन् । खडेरीले कतिपय ठाउँमा रोपेका धान समेत ओइलिएका छन् । एकातिर जिल्लामा आर्थिक मन्दीले सताइरहेको बेला खडेरीले समेत झन पीडा थपेको छ ।






प्रतिक्रिया राख्नुहोस्