तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारद्वारा ११ महिनामा ३० अर्ब राजश्व सङ्कलन

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार जेठ मसान्तसम्म कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले प्रदेशको आन्तरिक राजस्व सङ्कलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको जानकारी दिनुभयो । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन शुल्कबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी झाले बताउनुभयो । 

मन्त्रालयले आर्थिक क्षेत्रमा देखिएको तरलता अभाव, घरजग्गा कारोबारमा आएको सुस्तता, नयाँ सवारीसाधन खरिद बिक्रीमा कमी तथा गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button