तपाईँ सुन्दै हुनुहुन्छः

‘आयोगमार्फत सम्पत्ति विवरण खोज्दै पुराना पार्टीलाई फसाउन खोजियो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनको परिणाम पूर्वनिर्धारित गरिएको बताउनुभएको छ ।

काठमाडौँमा आजदेखि सुरु भएको पार्टी सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ गतेको निर्वाचन कुनै निष्पक्ष प्रतिस्पर्धा नभएर एउटा पूर्वनिर्धारित योजनाअन्तर्गत रचिएको खेल भएको बताउनुभयो ।

अध्यक्ष ओली भदौ २३ र २४ गतको जेनजी आन्दोलनलाई शान्तिसुरक्षा, सार्वभौमसत्ता, राष्ट्रहित विपरीत दिशामा लगेर देशभर आतङ्कित र भयभीत वातावरण सिर्जना गरि असंवैधानिक कदमहरू चाल्ने काम भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारका कदमप्रति प्रश्न गर्दै देश सञ्चालनका लागि दूरदर्शिता र परिपक्वता चाहिने उल्लेख गर्दै नबुझेका व्यक्तिहरूबाट देश चल्न नसक्ने पनि बताउनुभयो । 

यस्तै अध्यक्ष ओलीले सधैँ एकै परिस्थिति नरहने भन्दै वर्तमान राज्य संयन्त्रको अराजक तन्त्र लामो समय चल्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भएको घर खरानी भइसकेको अवस्थामा सरकारले फेरि पनि आयोगमार्फत सम्पत्ति विवरण खोज्दै पुराना पार्टीलाई फसाउन खोजेको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button