तपाईँ सुन्दै हुनुहुन्छः

न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताउनुभएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले आज उहाँको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको बिदाइ कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो । 

“विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्वपूर्ण भूमिका हुन्छ”, प्रधानन्यायाधीश शर्माले भन्नुभयो, “बेन्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ ।”

पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा सङ्ख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिनुभयो । 

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button