योद्धा गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

गोरखा । जिल्ला गोरखा सहिदलखन गाउँपालिका वडा नम्बर ३ स्थित दरौँदी र मस्र्याङ्दी नदी दोभानमा मझुवादेउरालीबाट मनकामना तर्फ जाँदै गरेको ग १ च ५५६७ नं. को टाटा योद्धा गाडी उकालोमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
पिकअप नपुगेर ब्याक भई सडकबाट अन्दाजी १५० मिटर तल मस्र्याङ्दी नदी किनारमा खस्दा चालक सहित दुई (२) जना पुरुष व्यक्ति घाइते भएको र घाइतेलाई उद्धार गरि उपचारको लागि आबुँखैरेनी गाउँपालिका अस्पताल तनहुँ पठाइएको प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
घाइतेहरूमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका– ३ सिजलटार बस्ने बर्ष अं. २४ को सुजन घलान र भारतस्थित विहार राज्य जिल्ला बेतिजा घर भई हाल तनहुँ आँबुखैरेनी बस्ने रामजी शाहको छोरा बर्ष १८ को अर्बिन कुमार शाह टाउको, आँखा, कम्मर र शरीरको विभिन्न भागमा चोट लागेको श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्