यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु
गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो ।
बुद्ध हिमालको फेदमा यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिनुभयो । प्रकाशको शव गाउँमा ल्याई शुक्रबार गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।
मृतक प्रकाशको शव बिहीबार गाउँमा ल्याइ पुर्याइएको र शुक्रबार परम्परा अनुसार अन्त्येष्टि गरिएको वडाअध्यक्ष गुरुङको भनाई छ ।
त्यस्तै, गोरखामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यु भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आयोजनामा काम गर्ने क्रममा २० मिटर अग्लो पर्खालबाट लडी ४१ वर्षका यादवको शुक्रबार दिउसो तीन बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्