तपाईँ सुन्दै हुनुहुन्छः

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले बकर ईद (ईद–उल–अज्हा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बिहीबार बकर ईद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रालयले २०८२ फागुन १८ गते प्रकाशित नेपाल राजपत्रअनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button