तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न÷गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । 

मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button