प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ प्रस्तुत भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो ।
त्यसअघि मन्त्री गौतमले प्रस्तुत गर्नुभएको दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना नपरेका कारण विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्