तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको आज बिदाइ गरिएको छ । 

भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ । 

उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २३ खेलाडी, व्यवस्थापक, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकसहितको टोली सहभागी हुनेछ । 

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्नुभयो । 

सो अवसरमा मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि  प्रशंसनीय रहेको बताउनुभयो । यही जेठ ११ देखि २४ गतेसम्म भारतको गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button