तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी ढुङ्गाना राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत 

काठमाडौँ । राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८३ बाट रेडियो नेपालकर्मी मिलन ढुङ्गाना पुरस्कृत हुनुभएको छ। 

चलचित्र पत्रकार संघ नेपालले आज आफ्नो २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा रेडियो नेपालकर्मी ढुङ्गानालाई नगद २५ हजार रुपैयाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।

एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय ढुङ्गाना रेडियो नेपाल र एमएनएम मिडियामा आबद्ध हुनुहन्छ । क्यानडा नेपालबाट आफूलाई सञ्चार क्षेत्रमा चिनाउन सफल भएका ढुङ्गाना चलचित्र पत्रकार संघ नेपालको निर्वाचित कार्यसमितिमा रहेर चलचित्र क्षेत्रलाई जिम्मेवार बनाउन र यसमा क्रियाशील पत्रकारहरूको हकहितमा खटिने पत्रकारका रुपमा चिनिनुहुन्छ । 

साथै, चलचित्र पत्रकार सङ्घले राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ बाट अनन्त वाग्ले, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ बाट जयन सुब्बा मानन्धर, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३ बाट कुबेर गिरी र स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट सुरक्षा भट्टराईलाई सम्मान र पुरस्कृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button