मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका वडा नं–३, लायन्सचोकस्थित भित्री बाटोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक परिचय नखुलेका युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आनन्द मार्गबाट लायन्स चोकतर्फ आउँदै गरेको बा ९२ प ३१३१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष व्यक्तिको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्