मुगुमा मिनीबस दुर्घटना, सहचालकको चक्काले च्यापिएर मृत्यु
मुगु।मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मिनीबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
नाग्म–गमगढी सडक खण्डअन्तर्गत सल्लेरीबाट २४ जना यात्रु बोकेर जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९८६ नम्बरको मिनीबस साइड दिने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाका अनुसार जुम्ला पातारासी गाउँपालिका–७ पटमाराका ४३ वर्षीय चालक शक्ति सिंह थापाले चलाएको उक्त बसले कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिपलाई साइड दिने क्रममा रोकेर ब्याक गर्दा सहचालक राजेन्द्र खड्का बसमुनि परेको थाहा नपाउँदा अगाडिको चक्काले च्यापिएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका जुम्ला पातारासी गाउँपालिका–३ निवासी अन्दाजी २८/२९ वर्षीय खड्कालाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया राख्नुहोस्