तपाईँ सुन्दै हुनुहुन्छः

४३ लाखभन्दा बढीको हुक्का भेपसहित एक जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिका–११, कालिकानगर क्षेत्रबाट ठूलो परिमाणमा हुक्का तथा भेपसँग सम्बन्धित सामग्री बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार बुटवलस्थित एक गोदाममा हुक्का भेप सञ्चालनमा प्रयोग हुने विभिन्न सामग्री भण्डारण गरिएको सूचना पाएपछि खटिएको टोलीले छापा मार्दा करिब ४३,१२,५०० मूल्य बराबरका सामान फेला पारेको हो। सो क्रममा सोही स्थानमा बस्ने वर्ष २५ का पिक्कु जयसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जनाइएको छ।

बरामद गरिएको सामग्रीमा १ सय ५७ वटा हुक्का भेप, १४ सय २९ वटा कोइला, ५ सय ५२ वटा फ्लेभर, १ सय ६० वटा हुक्का सेट, ३२ वटा बेस, ४५ वटा एअर ब्लोअर, ६ सय वटा पाइप, १ सय वटा लाइट, ३ सय वटा चिलिम र २२ वटा हिटर रहेका छन्।

प्रहरीले यस्ता अवैध तथा स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्रीको कारोबार रोक्न अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।,,,

प्रतिक्रिया राख्नुहोस्

Back to top button