तपाईँ सुन्दै हुनुहुन्छः

मधेश सरकारबाट पहिलो पटक मधेशवादी दल सत्ताबाहिर

जनकपुरधाम । नेपालको संविधान २०७२ जारी भएपछि बनेको संघीय संरचना अन्तर्गतको मधेश प्रदेश सरकारबाट पहिलो पटक मधेशवादी दल बाहिर पुगेका छन् ।

जनता समाजवादी पार्टी नेपालसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशमा एकता भएकै दिन नेपालका तीन ठूला दलको नयाँ समीकरण बनेपछि मधेशवादी दलहरू पहिलो पटक सत्ता बाहिर पुगेका हुन् ।

प्रदेश सभाको पहिलो चुनावपछि मधेशवादी दुई दलको गठबन्धनले पूर्ण बहुमतको सरकार बनेको थियो । तत्कालीन मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी गठबन्धन गरेर चुनाव लडेर मधेश प्रदेशमा बहुमतको सरकार बनाएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button