धादिङमा माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट पोखरा जाँदै गरेको बा –प्रदेश –०१–००६ –ख–७२२१नम्बरको माइक्रोबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै सडकमा नै पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूलाई उपचारको लागि काठमाडौँ पठाइएको छ भने अन्य सामान्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पानी परिरहेको बेला माइक्रो अनियन्त्रित भई सडकमा नै पल्टिएको हो ।








प्रतिक्रिया राख्नुहोस्