परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईका नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
भेटवार्तामा उहाँहरुबीच नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्