बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन नगरपालिकाले दियो ७ दिनको अल्टिमेटम
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सदरमुकाम फुङलिङ बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम दिएको छ । फुङलिङ बजारको आसपासमा अतिक्रमण गरी बनाइएको घरटहरा हटाउन ७ दिनको अल्टिमेट दिएको हो ।
बजार क्षेत्रका साँघुरो सडकमा अतिक्रमण गरि बनाइएको घरटहरा साथै फुटपाथमा राखेका व्यापार व्यवसाय हटाउन निर्देशन नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा सटर बाहिर व्यवसायीले व्यवसाय सञ्चालन गर्दा कुनै-कुनै क्षेत्रमा हिँड्न समेत असहज हुने भएको भन्दै जनगुनासो आएसँगै सटर बाहिर नराख्न समेत आग्रह गरिएको छ ।
साथै नगरपालिकाले बजार क्षेत्रमा घरको माथिल्लो तलामा राखिएका गमला समेत नझर्ने सुनिश्चितता गर्न वा हटाउन समेत आग्रह गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरले स्थानीय सञ्चार माध्यम मार्फत तथा नगर प्रहरीले हरेक घरदैलोमा पुगेर यस्तो उर्दी गरेको हो ।
नगरपालिका प्रमुख अमिर मादेनले कसैले नटेरे वा जबरजस्ती गरे नगर प्रहरीले नियन्त्रणमा लिने फुङलिङ नगरपालिकाका मेयर अमिरले जानकारी दिनुभयो । नागरिकले सूचना पाएनौँ भनेर गुनासो नगरुन् भनेर ७ दिनको अल्टिमेटम दिइएको र सोमबारदेखि कडाइ गर्न समेत मादेनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्