राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्