तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस- सांसदहरूद्वारा सुशासन र रोजगारीमा जोड

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

यस अघि बैठकमा सांसदहरूले दलगत स्वार्थभन्दा माथि उठेर राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जनाका लागि तीन तहको सरकार बीच बलियो समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । 

सांसदहरूले राष्ट्रिय हितका लागि महिला सशक्तीकरण, किसानमैत्री नीति र प्रविधि विकासमा सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

यस्तै सांसदहरूले युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक भोली चैत २३ गते सोमबार दिउसो १२ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button