कन्काई नगरपालिकालाई रामनवमी कपको उपाधि
धनकुटा । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कन्काइ नगरपालिकाले जितेको छ ।

हिले भलिबल क्लबको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरीय भलिबलको शुक्रबार सम्पन्न फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा कन्काइ नगरपालिकाले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई २५—१७, २५—२२, २५—१८ को सेटले पराजित गर्दै उपाधि उचालेको हो ।
प्रतियोगिताको विजेता कन्काइ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाएको छ । कन्काइ नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै तथा रामप्रसाद राई गाउँपालिकाले धनकुटाको पाख्रिवास नगरपालिकालाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेशका ९ वटा पालिकाको सहभागिता रहेको थियो भने धनकुटाको हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको प्राप्त गर्ने हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्