देशलाई सही मार्गमा अघि बढाउन सकारात्मक राजनीतिक संस्कारको आवश्यक :मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले देशलाई सही मार्गमा अघि बढाउन सकारात्मक राजनीतिक संस्कारको विकास आवश्यक रहेको बताउनुभएको छ ।
सपथ ग्रहणपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री तिमिल्सिनाले सकारात्मक राजनीतिक संस्कारको विकास तथा रोजगारी सिर्जना गरी जनता स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, प्रेस, चलचित्र, विज्ञापन तथा दूरसञ्चार क्षेत्रसम्बन्धी नीति निर्माण र व्यवस्थापन लगायत मन्त्रालयका अन्य विभिन्न जिम्मेवारीहरूबारे जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्