तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक तर्फको मतगणना जारी रास्वपा अग्रस्थानमा

काठमाडौँ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । 

समानुपातिक तर्फ हालसम्म ९० लाख २२ हजार २ सय २३ मत गणना भएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४३ लाख ६७ हजार २ सय ४० मत  प्राप्त गरी अग्रस्थानमा रहेको छ ।

नेपाली काँग्रेसले १४ लाख ५७ हजार ५ सय ०१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।

यसै गरी नेकपा एमालेले १२ लाख २४ हजार ६ सय १३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ६ लाख ४७ हजार ६ सय ०२ मत प्राप्त गरेको छ ।

यस्तै श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ९ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९२हजार ८ सय ५७ जनता समाजवादी पार्टी नेपालले १ लाख ३९ हजार २ सय ६१ प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button