इलाम–१ मा निष्कल राईको अग्रता, विनोद नेम्वाङसँग कडा प्रतिस्पर्धा
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत इलाम क्षेत्र नम्बर–१ मा मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका निष्कल राईले ११ हजार ८६१ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ११ हजार ४८८ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेकपा (एमाले) का काजीमान कागतेले १० हजार ७६२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ७ हजार ७१६ मत प्राप्त गरी चौथो स्थानमा रहनुभएको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ६ हजार २७८ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन कार्यालयका अनुसार इलाम–१ मा हालसम्म ५४ हजार ५९ मत गणना भइसकेको छ। मतगणना जारी छ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलाममा इलाम–२ बाट नेकपा (एमाले) का सुहाङ नेम्वाङ यसअघि नै विजयी भइसक्नुभएको छ।







प्रतिक्रिया राख्नुहोस्