निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरेको अवसरमा नेपाललाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल एक्स् मार्फत निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गराएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई ज्ञापन गर्नुहुँदै खुशी व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री मोदीले नेपाली नागरिकले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको र यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोशेढुंगा भएको उल्लेख गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री मोदीले भारत सरकार घनिष्ठ मित्र र छिमेकीको रूपमा साझा शान्ति र समृद्धिका लागि नेपाली जनता र नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।
एक्समार्फत प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्