तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा ४३ स्थानमा विजयी, ७७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४३ क्षेत्रमा जित निकालेको छ ।

दिउसो २:४५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ४३ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ७७ क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । त्यस्तै समानुपातिक तर्फ २ लाख ५६ हजार १ सय ३३ मत गन्दा १ लाख ३८ हजार ९८५ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले ६ ठाउँमा जित हासिल गर्दै ११ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ भने समानुपातिकतर्फ ४२ हजार १ सय ५२ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै ७ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ३१ हजार ५५ मत प्राप्त गरेको छ ।

साथै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गर्दै ८ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ११ हजार ७ सय ८९ मत प्राप्त गरेको छ । 

त्यस्तै स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गर्नुभएको छ । श्रम संस्कृति पार्टीले हालसम्म ४ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ ६ हजार ७ सय ८७ मत प्राप्त गरेको छ भने राप्रपाले १ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ १२ हजार २ सय ९ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button