तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ– ५ मा पनि रास्वपा अगाडि

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर– ५ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल ९ हजार ९ सय १७ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।

यसैगरी, नेपाली काँग्रेसका प्रदीप पौडेलले ३ हजार १ सय ९०, नेकपा एमालेका ईश्वर पोख्रेलले १ हजार ७ सय ५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिनुभयो । 

अहिलेसम्म १७ हजार १ सय ५८ मत गणना भएको र मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button