तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रथुममा एमालेका भानुभक्त ढकालकाे १ सय ६३ मतकाे अग्रता 

तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १ सय ६३ मतको अन्तरले अग्रता लिनुभएको छ। 

ढकालले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ३ सय १७ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याई रहनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुरेन्द्र कार्कीले १ हजार ९ सय ७१ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ३ सय २१ मत र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button