तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा मतदान बहिस्कार, दस मत खस्यो

दाङ । बहिष्कार गरिएको दाङको बबई गाउँ पालिका वडा नम्बर १ को जिलामा दस मत खसेको छ । दाङको बबई १  जनता आवि जिल्ला मतदान केन्द्रमा १० मत खसेको हो ।

बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले बस्ती स्थानान्तरणको माग गर्दै सो स्थानमा पनि मत बहिस्कार गरेका थिए । मध्यवर्ती क्षेत्रमा रहेको मतदान केन्द्रमा मध्यवर्ती क्षेत्र बाहिरको गाउँलेले मतदान गरेका हुन । बबई १ का वडा सदस्य चन्द्रबहादुर रागुले दिएको जानकारी अनुसार बबई १ सानो जिलाका दस जनाले मतदान गरेका हुन ।

यसबाहेक बबई १ जिला, सिमलकुना, दमारगाउ, कप्तानेका स्थानीयले मतदान नगरेका हुन । यस्तै बबई ७ जलजला, तल्लो मलईका स्थानीयले पनि मतदानमा सहभागी भएका छैनन् ।

नेपाल आर्मीको सहयोगमा सानो जिलाका स्थानीयले मतदान गरेको वडा सदस्य रागुले जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जको दाङ क्षेत्रका मध्यवर्तीका स्थानीयले बाघको आक्रमण र जङ्गली जनावरको हैरानी बनाएको भन्दै चुनाव बहिस्कार गरेका हुन ।

जिलामा खटिएका निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले अहिलेसम्म १० जनाले मतदान गरेको जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म बसेर निर्वाचनको प्रक्रिया पूरा गर्ने जानकारी दिनुभयो । जिलामा ६८२ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button