ट्वयटा गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु
मुगु । रारा आउँदै गरेको ट्वयटा गाडी दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको ट्वयटा गाडी छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट खसेको हो।
गाडीमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। गम्भीर घाइते एक पुरुष र एक महिलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको थपलियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्