तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रथुममा ३९ प्रतिशत मत खस्यो

तेह्रथुम। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ । 

बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २:३० बजेसम्म आइपुग्दा २८ हजार २ सय ३ मत खसेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये १३ हजार ९ सय ७५ महिला  र १४ हजार २ सय २८ पुरुष मतदाता रहेका छन् । ७३ हजार १ सय ३७ मतदाता रहेको तेह्रथुमका  दिउँसो २स्३०  बजेसम्म ३९ प्रतिशत मतदान भएको छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेह्रथुममा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन कार्यतालिका रहेको छ ।

 सुरक्षाका दृष्टिले संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अन्य केन्द्रमा पनि निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button