तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा २८ दशमलव ७२ प्रतिशत मत खस्यो 

दाङ । दाङ जिल्लामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दिउँसो १ बजेसम्म करिब २८ दशमलव ७२ प्रतिशत मत खसेको छ।

प्राप्त विवरण अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३० दशमलव ५१ प्रतिशत मत खसेको छ। उक्त क्षेत्रमा १५६ मतदान केन्द्र रहेका छन् र दिउँसो १ बजेसम्म करिब ४० हजारभन्दा बढी मत खसेको जनाइएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा करिब २८ दशमलव ८९ प्रतिशत मत खसेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म २६ दशमलव ९० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

दाङ जिल्लाभर गरी कुल मतदातामध्ये करिब १ लाख २७ हजारभन्दा बढी मत खसेको तथ्याङ्क सार्वजनिक गरिएको छ। बिहानदेखि नै मतदाताको सहभागिता उत्साहजनक देखिएको छ भने अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार साँझसम्म मतदान प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button