तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा ३४ हजार बढी मत खस्यो, मतदान शान्तिपूर्ण

रोल्पा । रोल्पामा अहिलेसम्म कुल ३४ हजार ८९ मत खसेको छ।
प्राप्त विवरणअनुसार, हालसम्म महिला १८ हजार ३ सय ६ र पुरुष १५ हजार ७८३ मतदाताले मतदान गरेका छन्।
जिल्लाभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेख्य सहभागिता देखिएको छ। मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।
मतदान केन्द्रहरूमा मतदाताको भिँड क्रमशः बढ्दै गएको र बाँकी समय पनि उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। जिल्लाभर कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया अघि बढिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button