तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङमा ४२ प्रतिशत मतदान सम्पन्न

काठमाडौँ । मुस्ताङ जिल्लाका सबै मतदान केन्द्रमा गरी  १२ बजेसम्म ४ हजार ८ सय ५२ अर्थात ४२ दशमलव ८४ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

आयोगका सहायक प्रवक्ता कूल बहादुर जि सी का अनुसार मतदान गर्नेमा २ हजार ४ सय ६३ पुरुष ,२ हजार ३ सय ८८ महिला र १ जना अन्य छन् ।

 जिल्लामा पुरुष मतदाता ५ हजार ५ सय ५९ ,महिला मतदाता ५ हजार ७ सय ६८ र १ जना अन्य मतदाता गरी कूल मतदाताको संख्या ११ हजार ३ सय २८ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button