पाँचथरमा अहिलेसम्म ३१ हजार बढीले गरे मतदान

पाँचथर । पाँचथरका १२ बजे सम्ममा ३१हजार ३सय ५८ मत खसेको छ । जसमा महिला १४हजार १७ र पुरुष १७ हजार ३ सय ४१ जनाले मतदान गरिसकेका छन्।
जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिस कर्णले जानकारी दिनुभयो।
प्रतिनिधी सभा सदस्यको निर्वाचनको लागी पाँचथरमा १५ जना विभिन्न राजनैतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । पाँचथरमा १ सय २ मतदान स्थलमा १ सय ७९ मतदान केन्द्र छन् । जिल्लामा १ लाख ४३ हजार ४ सय ८ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्