बाजुरामा शान्तिपूर्ण मतदान, १४ हजारभन्दा बढी मत खस्यो
बाजुरा।प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि बाजुराका सबै ७७ मतदान स्थलमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। जिल्लाभर कडा सुरक्षा व्यवस्थाका बीच मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा पनि पर्याप्त सुरक्षाकर्मी परिचालित छन्।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार हालसम्म जिल्लाभर करिब १४ हजारभन्दा बढी मत खसिसकेको छ। मतदाताहरू बिहानैदेखि उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय बाजुराले हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्