कैलालीमा अहिलेसम्म २५ हजार मत खस्यो

धनगढी । कैलालीमा अहिलेसम्म २५ हजार मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार, कैलालीमा अहिलेसम्म २५ हजार ४४२ मत खसेको छ । जसमा निर्वाचन क्षेत्र न १ मा ३ हजार ९४७ मत, क्षेत्र २ मा २ हजार ९९१ मत, क्षेत्र ३ मा ५ हजार ४४२ मत, क्षेत्र ४ मा ४ हजार ९५८ र क्षेत्र ५ मा ८ हजार १०७ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनु भयो ।
कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कुल मतदाता संख्या ५ लाख ५१ हजार ५२ रहेको कैलालीमा निर्वाचन क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१, निर्वाचन क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७, निर्वाचन क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, निर्वाचन क्षेत्र नं ४ मा १ लाख १५ हजार १४३ र निर्वाचन क्षेत्र नं ५ मा १ लाख १० हजार ५२९ मतदाता रहेका छन् ।
प्रतिनिधि सभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दलिय र स्वतन्त्र गरि ७५ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्