बहुअपाङता भएका श्रेष्ठले मतदान गर्नुभयो

सिन्धुपाल्चोक । बहुअपाङता भएका सिर्जन श्रेस्ठले मतदान गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका ( ५ स्थित श्री कृष्ण रत्नगंगा मावि मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । ३० बर्षय श्रेष्ठको चारै हातखुट्टा अपाङ्गताबाट प्रभावित छन । उहाँ बोल्न पनि सक्नु हुन्न । अरुले बोलेको सुन्न र बोल्न भने सक्नु हुन्छ । श्रेष्ठले रोजेकै चिन्हमा आफूले सिर्जनकोतर्फबाट मतदान गरिदिएको अभिभावक किरणमान श्रेष्ठले बताउनुभयो । मतदान केन्द्रमा कुनै झनझट बेहोर्नु नपरेको र अपाङ्गमैत्री मतदान केन्द्र रहेको उहाँले जानकारी दिनुभयो ।
यो केन्द्रमा विहानैदेखि मतदाताहरु उत्साहका साथ सहभागी भएका छन । यश केन्द्रमा कुल मतदाता ४३६७ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्