तपाईँ सुन्दै हुनुहुन्छः

इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु

इलाम ।इलाम जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ का सबै मतदान केन्द्रमा आज बिहानदेखि मतदान सुरु भएको छ।

निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुएललोका अनुसार निर्धारित समयअनुसार जिल्लाभरका सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सुरु भएको हो।

उहाँले सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति, सुरक्षा व्यवस्था तथा मतदान सामग्रीको तयारी पूरा भइसकेको जानकारी दिनुभयो। बिहानैदेखि मतदाता उत्साहका साथ मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय, निर्वाचन कर्मचारी तथा सम्बन्धित निकाय समन्वयका साथ परिचालित छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button