रुपा गाउँपालिका–७ मा बिक्रीका लागि ल्याइँदै गरेको मदिरा नियन्त्रणमा
पोखरा । कास्कीको रुपा गाउँपालिकामा कालिका गण हेडक्वाटर, कास्कीको टोलीले मदिरा नियन्त्रणमा लिएको छ।
रुपा–७ स्थित दाङसिङ मराङमा पोखराबाट रुपा तर्फ आउँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झारिँदै गरेको ८ काटुन “कर्णाली स्याउ” नामको करिब ७ हजार बराबरको मदिरा नियन्त्रणमा लिइएको हो।
निर्वाचनको लागि रुपा गाउँपालिकामा खटिएको बसन्त ब.बुढाथोकी नेतृत्वको सशस्त्र प्रहरी टोलीले मदिरा नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा आचार संहिता विपरितका कुनै पनि कार्यलाई कानुन अनुसार नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने व्यवस्था गरिएको निर्वाचन सुरक्षा निर्देशनले जनाएको छ।
निर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले सबैलाई आचार संहिता पालनाको अपिल गरेको छ। मत परिणाम सार्वजनिक नहुँदासम्म कास्की जिल्ला प्रशासन कार्यालयले मदिरा, जन्य पदार्थको बिक्री, ओसारपसार र सेवनमा रोक लगाएको छ।








प्रतिक्रिया राख्नुहोस्