तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा नवलपरासीका सभापति काँग्रेसमा प्रवेश 

नवलपरासी,पश्चिम्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्रसेन ठकुरीले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा उपस्थित भएर उनी काङ्ग्रेस प्रवेश गर्नुभएको हो ।

काँग्रेसका उपसभापति विश्वप्रकास शर्मा र यस क्षेत्रका उम्मेदवार बिनोद चौधरीले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो । 

रास्वपाबाट टिकट नपाएपछि ठकुरी असन्तुष्ट बनेका थिए ।सोही कारण उनी काँग्रेस प्रवेश गरेको बुझिएको छ । यो क्षेत्रमा काँग्रेस त्याग्नु भएका संविधानसभा सदस्य विक्रम खनाल रास्वपाका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button